आज :

रुसी सेनाले युक्रेनीको खार्किभमा हाइपरसोनिक मिसाइल हमला गर्यो, कति भयो क्षति ?

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि विशेष सैन्य कारवाही सुरु गरेको एकसय दिन पूरा भइसकेको छ । रुसले सुरुका दिनजस्तै हमला जारी राखेको छ । युक्रेनका धेरै शहरमा रुसी सेनाले झण्डा गाडेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले राजधानी किभको बाहिरी भागमा महला जारी राखेको छ भने पूर्वी क्षेत्रमा तेज बनाएको छ । मारियोपोल शहर गुमाएपछि युक्रेन निकै कमजोर भएको छ । समुद्री बन्दरगाहा भएको उक्त शहर आफ्नो देशका मुटु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

तर, युक्रेनले आफ्नो मुटु नै गुमाएको छ । मारियोपोलस्थित स्टील कम्पनीको बंकरम लुकेर प्रतिरोध गरिहेको युक्रेनी फौजले आत्मसमपर्णसँगै रुसी सेनाले उक्त शहर कब्जामा लिएको घोषणा गरेको थियो ।

अहिले रुसी सेना मारियोपोलबाट पूर्वी क्षेत्रमा भिषण महला गरिरहेको छ । डोनबासलगायतका क्षेत्रमा केही दिनदेखि महला तेज बनाएको रुसी सेनाले लुहान्स्क शहर कब्जामा लिएको बताइएको छ । स्थानीय अधिकारीहरुले पनि लुहान्स्कको ९५ प्रतिशत भूभाग रुसी सेनाको नियन्त्रणमा छ । बाँकी क्षेत्रबाट युक्रेनी फौजलाई पछि हट्न रुसी सेनाले भनेको छ ।

यसैबीच रुसी सेनाले खार्किभस्थित युक्रेनी फौजमाथि हाइपरसोनिक मिसाइल प्रहार गरेको छ । भारतीय संचारमाध्यमहरुले महलाको भिडियो सार्वजनिक गरेका छन् । मिसाइल हमलाबाट युक्रेनी फौजको ठूलो क्षति भएको बताइएको छ ।

यसअघि युक्रेनको अर्को महत्वपर्ण शहर बडियान्स्क शहर कब्जामा लिएको रुसले जनाएको छ । यो क्षेत्रमा केही दिनदेख रुसले हमला तेज बनाएको थियो । युक्रेनी फौजले आत्मसमर्पण गरेसँगै यो शहर कब्जामा लिएको रुसी सेनाले घोषणा गरेको थियो ।

यसैबीच अमेरिकाले दिएको थप हतियार युक्रेन पुगेको छ । मिसाइलसहित राडार प्रणाली युक्रेन पुगेको बताइएको छ । राडारले रुसी हमलाको जवाफी हमला गर्न सहयोग गर्ने बताइएको छ ।

रुसले दर्जनबढी वारसिप एकै पटक समुद्रमा उतारेको छ । कुनै बेला पनि अमेरिकाले रुसी सेनामाथि न्यूक्लियर हमला गर्न निर्देशन दिन सक्ने भन्दै रुसले आफ्ना परमाणु अस्त्र तयारी अवस्थामा राखेको छ । रुसले परमाणु हतियारले लैस वारसिप र सबमरिन पनि रुसी सेनाले सक्रिय बनाएको छ । योसँगै विश्वयुद्धको खतारा नजिकिँदै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal