आज :

अमेरिकालाई चुनौती दिँदै भारतले रुसबाट इन्धन आयात बढायो, अब नेपालमा पनि सस्तोमा रुसी तेल

  • अनलाइन डबली

काठमाडौँ । भारतले रुसबाट इन्धन आयातलाई बढाएको बताइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यसअघि भारतले रुसबाट कुल आयतका दुई प्रतिशत इन्धन रुसबाट आयात गर्दै आएको थियो । तर, रुसी तेलमाथि युरोपेली संघले प्रतिबन्ध लगाएसँगै भारतले आयतलाई बढाएको छ ।

भारतले इन्धन सबैभन्दा बढी इराक, साउदी अरब र त्यसपछि अमेरिकाबाट गर्दै आइरहेको थियो । कुल आयतको दुई प्रतिशत मात्रै आयत हुने रुसी तेल भारी छुटका साथ भारतले आयत गरिरहेको छ । अमेरिकी नेतृत्वका देशहरुले रुसी तेलमाथि प्रतिबन्ध बढाउँदै लगेदेखि भारतले आयत बढाउँदै आएको थियो ।

भारतले सन् २०२१ मा रुसबाट १.२ करोड ब्यारल तेल किनेको थियो । यो उसको कुल आयतको दुई प्रतिशत मात्रै हो । भारतले ८० प्रतिशत इन्धन आयत गर्ने गरेको बताइएको छ ।

पुरोना साँझेदार भारतले प्रतिबन्धको अवस्थामा रहेको रुसलाई इन्धन आयत गरेर सहयोग गरिरहेको छ । उपभोग्य सामग्रीबारे अनुसन्धान गर्ने समूह केप्लरका अनुसार रुस र भारतबीच मार्च र एप्रिल महिनाका लागि ६० लाख ब्यारलसम्मको सम्झौता भइसकेको छ ।

भारतले रुसबाट इन्धन आयत बढाएको पुष्टि गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले रुसबाट कच्चा तेल किनेर आफूहरुले कुनै गल्ती नगरेको बताएका थिए । युरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या युरोपको समस्या होइनन् भन्ने मानसिकताबाट युरोप पछि हट्नुपर्नेमा उनले बताए ।

भारतले रुसबाट इन्धन आयत गरेर पश्चिमा देशहरुलाई आफू प्रतिबन्धको विपक्षमा रहेको सन्देश दिएको छ । कतिपय विश्‍लेषकले त अमेरिकाको निर्देशनमा युरोपेली संघले रुसी तेलमाथि पूर्ण प्रतिबन्ध लगाएकै बेला भारतले आयत बढाएर चुनौती दिएको बताएका छन् । अब भारतले रुसी तेल आयत बढाउँदै लैजाने र भारत हुँदै रुसी तेल नेपाल आउन सक्ने बताइएको छ । रुसले सस्तोमा कच्चा तेल निर्यात गरेकोले अब पहिलेभन्दा मूल्य घट्न सक्ने पनि बताइएको छ ।

यसैबीच युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ ।
युरोपका केही देशहरुले रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु नहुने पक्षमा उभिएका छन् । उनीहरुलाई भूपरिवेष्ठि भन्दै आयत गर्न छुट पनि दिइएको छ ।
अमेरिका र युरोपका देशहरुले युक्रेनलाई घातक हतियार दिने निर्णयसँगै इन्धनमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा पुगेका हुन् । यसले उनीहरुले यो युक्रेन विवादलाई लम्ब्याउने विश्लेषकको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal