आज :

सरकारको नीति तथा कार्यक्रम पारित, आइतबार ४ बजे बजेट भाषण 

  • अनलाइन डबली

काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसद बैठकले बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेकी थिइन् । जेठ १० गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश भएको थियो । नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले छलफलमा भाग लिएका थिए ।

नीति तथा कार्यक्रममाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेको संशोधन प्रस्ताव पनि संसद बैठकले अस्वीकृत गरेको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए । सभामुखले पेश गरेलगत्तै सांसदहरूको बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए । सभामुखले पेश गरेको जानकारी गराएपछि सत्तापक्षका सांसदहरुले ताली बजाएर नीति तथा कार्यक्रम पारित गरेका थिए ।

आज नीति तथा कार्यक्रम पारित भएपछि अब भोलि सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत हुने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्ने भएका छन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् ।

सभामुख सापकोटाले शनिबारको बैठकमा सांसदहरुलाई बजेट प्रस्तुत हुनेबारे जानकारी गराउँदै भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु ।’

आजै अर्थमन्त्री प्रभाकरले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal