आज :

बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा

काठमाडौँ । जोस बटलरको शतकको मद्दतले आईपीएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए ।

राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।

टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर जोस बटलर र यशस्वी जैसवालले द्रुत सुरुवात गर्दै पहिलो पाँच ओभरमा ६१ रन जोडे पनि छैटौं ओभरको पहिलो बलमा जोस हेजलउडले यो जोडी तोडेका थिए ।

यस बलमा यशस्वी जैसवालले १३ बलमा २१ रन बनाएर विराट कोहलीलाई टी–२० क्रिकेटमा आफ्नो १५० औं क्याच दिए । त्यसपछि कप्तान सञ्जु सामसन पिचमा आए र २१ बलमा २३ रन बनाए । बटलरसँग सञ्जुले ३९ बलमा ५२ रन जोडे।

यसपछि जोस बटलरले पनि यस आईपीएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए ।

योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको छ । बैंगलोरका लागि जोस हेजलवुडले दुई विकेट लिए भने वानिन्दु हसरंगाले कप्तान सञ्जु सामसनलाई आउट गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal