आज :

गाडी दुर्घटनामा परेर गम्भीर घाइते बनेकी मेयर रेनु दाहालको अवस्था के छ ? प्रहरीले दियो यस्तो जानकारी

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि उनी गम्भीर घाइते बनेकी छिन ।

दुर्घटनामा घाइते भएकी रेनु दाहालको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।

टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।

गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । दाहाल केहिदिन अघि मात्रै पुन: भरतपुरको मेयर बनेकी थिइन ।

भरतपुर महानगरपालिकाको मेयरको पदभार ग्रहणपछि उनी काठमाडौँ आएकी थिइन् । उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal