आज :

रुसले दोस्रो विश्वयुद्ध जितेका सोभियतकालिन ट्यांक युक्रेनमा उतार्यो, बोर्डियान्स्क सहर कब्जा

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारवाही गरेको तीन महिना बढी भइसक्दा पनि अझै लडाइँ जारी छ । अमेरिकासहित नेटो देशहरुले युक्रेनलाई हतियार सहयोग गरिरहेका छन् । रुसी अधिकारीहरुका अनुसार गोप्य रुपमा नेटोले सेना पनि युक्रेन पठाएको छ ।

लडाइँमा युक्रेनको परनिर्भरता बढ्दै गएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफूलाई हतियार सहयोग गर्न अपील गरिरहेका छन् । उनले आफूलाई थप सहयोग नगरे रुससँग पराजित हुने बताएका छन् ।

रुसले हमलालाई दिनदिनै बढाउँदै लगेको छ । रुसले युक्रेनमा अहिलेसम्मकै घातक मनिएको सोभियतकालिन ट्यांक उतारेको छ । यो ट्यांकले नै रुसले दोस्रो विश्वयुद्ध जितेको थियो । अहिलेसम्म सोभियतकालिन ट्यांक लडाइँको मैदानमा उतारिएका थिएन ।

रुसी सेनाले मारियोपोल शहर कब्जापछि पूर्वी क्षेत्र र राजधानी किभमा हमला तीब्र पारेको छ । रुसी सेनाले कोर्डियान्स्क सहर पनि कब्जामा लिएको छ । यहाँ केही दिनदेखि भिषण लडाइँ जारी थियो । युक्रेनी सेनाले प्रतिवाद गरिरहेका थिए । बचेको सानो डफ्फाले आत्मसमर्पण गरेसँगै यो शहर पनि रुसको कब्जामा आएको थियो ।

यसअघि मारियोपोलको स्टील कारखानाका बंकरमा लुकेका पटकपटक गरी करिब २ हजार सैनिकले हात उठाएपछि रुसले सो शहर कब्जाको घोषणा गरेको थियो । त्यसपछि मारियोपोल रुसकै नियन्त्रणमा छ ।

राजधानीबाट सबैभन्दा नजिक रहेको एरपिन सहरमा पनि हमला तेज बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै, राजधानी किभमा पनि हवाई हमला भइरहेका छन् । किभमा निषोधाज्ञा जारी गरिएको छ । मानिसहरुलाई सामान किन्नको लागि १ घण्टाको समय दिएर निषाधाज्ञा खुला गरिन्छ र फेरि बाहिर ननिस्कन उर्दी जारी गरिन्छ ।

नेटोले युक्रेनको सहयोग बढाउँदै गरेमा लडाइँ नयाँ चरणमा प्रवेश गर्ने रुसले चेतावनती दिँदै आएको छ । उसले नेटो लडाइँमा सहभागी हुन सक्ने भन्दै न्यूक्लियर अस्त्र तयारी अवस्थामा राखेको छ । आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा मन्त्री र सैन्य अधिकारीसहितको विषेश बैठक बोलाएका छन् । यस बैठकलाई महत्वका साथ हेरिएको छ ।

यसैबीच अमेरिका राष्ट्रपति जो बाइडनले एसिया भ्रमण गरेर रुसका विरोधी महाेल बनाइरहेका छन् । बाइाडनले चीन र उत्तर कोरियाबारे विवादित अभियक्ति दिएका छन् । बाइडनले चीनले ताइवानमा हमला भए आफूले सेना परिचालन गर्ने बताए भने उत्तर कोरियाविरुद्ध नाकाबन्दीलाई कडाइ गर्ने बताए ।

त्यसको चीन र उत्तर कोरिया दुबैले दिएका छन् । चीनले आफू आगो भएको बताउँदै आगोसँग खेल्न खोजे अमेरिका नै जल्ने चेतावनी दिएको छ भने उत्तर कोरियाले बाइडनको अभिव्यक्तिको जवाफ एकैपटक तीनवटा ब्यालेष्टिक क्षेप्यास्त्रबाट दिएको छ । उसले अमेरिकाले हुने कुनै पनि घटनाको लागि आफू तयार रहेको सन्देश दिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal