आज :

अमेरिकी राष्ट्रपतिविरुद्ध उत्तर कोरियाद्वारा एकैपटक तीनवटा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो विरुद्ध बोलेको २४ घण्टा बित्न नपाउँदै उत्तर कोरियाले एकैपटक तीनवटा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार बुधबार विहान  बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। सोलस्थित अधिकारीहरूका अनुसार ती क्षेप्यास्त्रहरू प्योङ्याङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम अवधिभित्र प्रहार गरिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले पाँच दिने एसिया भ्रमणको क्रममा कोरियाविरुद्ध अभिव्यक्त दिएको २४ घण्टा बित्न नपाउँदै जवाफ स्वरुप क्षेप्यास्त्र प्रहार गरिएको हो । बाइडनले जापान भ्रमणका क्रममा बाइडनले उत्तर कोरियालाई अङ्कुश लगाउने उपायहरू अवलम्बन गर्ने वाचा गरेका थिए।

जापानले पनि कम्तीमा क्षेप्यास्त्र बुधवार प्रक्षेपण गरिएको पुष्टि गरेको छ। उसले तीनवटा भन्दा अझ बढी क्षेप्यास्त्र प्रहार गरिएको हुनसक्ने स्वीकारेको छ। बीबीसीका अनुसार जापानका रक्षामन्त्री नोबुओ किशीका अनुसार पहिलो क्षेप्यास्त्र झन्डै ३०० किलोमिटर उडेको थियो।

त्यस क्रममा उक्त क्षेप्यास्त्र अधिकतम ५५० किलोमिटर माथि पुगेको थियो। झन्डै ५० किलोमिटर माथि उडेको दोस्रो क्षेप्यास्त्र ७५० किलोमिटर पर पुगेको उनले बताए। किशीले क्षेप्यास्त्र प्रहार गरेकोमा उत्तर कोरियाको आलोचना गरेका छन्।

क्षेप्यास्त्र प्रहारले “जापान तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थिरता र सुरक्षा जोखिममा पार्ने” भन्दै उनले उत्तर कोरियाको उक्त कार्य अस्वीकार्य भएको टिप्पणी गरेका छन्। बाइडनले पाँचदिने एशिया भ्रमण जापानमा टुङ्ग्याएका थिए । क्षेप्यास्त्र प्रहार भएपछि बसेको बैठकमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्‌ले उक्त परीक्षणलाई गम्भीर उक्साहटको सङ्ज्ञा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

दक्षिण कोरिया र जापानको पाँचदिने भ्रमणपछि जो बाइडन मङ्गलवार साँझ स्वदेश फर्किएको केही घण्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले त्यसअघि नै प्योङ्याङले अर्को अस्त्र परीक्षण गर्न लागेको चेतावनी दिएका थिए। बाइडनको भ्रमणका बेला नै त्यस्तो परीक्षण हुन सक्ने उनीहरूको अनुमान थियो।

उनीहरूले अझ ठूला सैन्य अभ्यास गर्ने र उत्तर कोरियालाई अस्त्र परीक्षण गर्ने काममा अङ्कुश लगाउन आवश्यक परे थप अमेरिकी रणनीतिक स्रोत र साधन प्रयोग गर्न सहमति गरेका थिए। उत्तर कोरियाले जे गरे पनि त्यसका लागि अमेरिका तयार रहेको बाइडनको बताएका थिए । पछिल्ला क्षेप्यास्त्र प्रहार अमेरिकी राष्ट्रपतिको अभिव्यक्त र एसिया भ्रमणविरुद्ध गरिएको बताइएको छ ।

मे १२ मा किम जङ-अनले कोभिड महामारीका कारण देशमा सङ्कटकाल घोषणा गरेका थिए। सोही दिन प्योङ्याङले परीक्षणका लागि बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार पनि गरेको थियो।

दक्षिण कोरियाले उत्तरलाई मानवीय सहायता उपलब्ध गराउने प्रस्ताव गरेको भए पनि प्योङ्याङले त्यसबारे कुनै प्रतिक्रिया नदिएको जनाएको छ। अमेरिकाले पनि खोप दिने आफ्नो प्रस्तावबारे उत्तर कोरियाले कुनै जबाफ नदिएको बताएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal