आज :

अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै हात जल्ला नी 

  • अनलाइन डबली

काठमाडौं । चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएको छ । चीनले आफू आगो भएको बताउँदै आगोसँग खेल्दा अमेरिकाको हात जल्ने चेतवनी दिएको हो । जापानको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले स्वशासित टापू ताइवानलाई चीनले बलपूर्वक कब्जा गर्ने प्रयास गरे आफूहरु सशस्त्र रुपमा प्रतिरक्षामा उत्रिने बताएका थिए ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाइडेनको उक्त भनाइप्रति टिप्पणी गर्दै चिनियाँ सरकारको ताइवान मामिला कार्यालयले सोमबार अमेरिकाले चीनलाई घेर्न ‘ताइवान कार्ड’ खेलेको बताउँदै, ‘आगोसँग खेल्दा अमेरिकाको हात आफै जल्ने’ चेतावनी दिएको हो । सिन्ह्वाले सो कार्यालयका प्रवक्ता झु फेङलियनले बताएको समाचारमा उल्लेख गरेको छ । उनले अमेरिकाले यस्ता प्रतिक्रिया दिन रोक्न भन्दै अमेरिकालाई विगतमा उसले बेइजिङ र वासिङ्टनबीच तय सिद्धान्त उलंघन नगर्न आग्रह समेत गरेका छन् ।

एशिया भ्रमणको क्रममा टोकियोमा पत्रकारसँग भेटघाटमा बाइडेनलाई एक पत्रकारले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिका ‘सै’न्य रुपमा सहभागी हुन्छ की हुदैन’ भन्ने प्रश्न गरेका थिए। बाइडेनले केही सोचविचार नगरी ‘गर्छ’ जवाफ दिएका थिए। चीनलाई लिएर अमेरिकाको नीति बदलिएको हो भन्ने अर्को प्रश्नमा बाइडेन ‘हामीले एक नीतिमा सहमती जनाएका छौं। यस विषयमा हामीले हस्ताक्षर नै गरेका छौं । तर त्यो कुरा बल प्रयोग गरेर हासिल गर्न सकिन्छ भन्ने सोच्नु ठिक होइन । ’

सार्वजनिक सम्बोधनहरुमा बाइडेनले उत्साहित भएर औपचारिक नीतिभन्दा बाहिर गएको बोलेको घटना धेरै भए पनि ताइवानको प्रतिरक्षाबारे सधैं समान धारणा दोहो-याउने गरेका छन्।

गत अगष्टमा सिएनएनले आयोजना गरेको एक कार्यक्रममा पनि बाइडेनले ताइवान कब्जा गर्ने प्रयास भए अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए। ताइवानसँग सुमधुर सम्बन्ध भएपनि अमेरिकाले ‘एक चीन नीतिलाई’ स्वीकारेको छ। तर चीनलाई बल प्रयोग गरेर ताइवान क’ब्जा गर्न नदिने उसले भन्दै आएको छ।

ताइवानसँग अमेरिकाको औपचारिक सम्बन्ध नभए पनि अमेरिकाले उसलाई ‘साझेदार’को रुपमा प्रस्तुत गर्छ । ताइवानले अमेरिकाबाट ठूलो परिमाणमा हति’यार पनि किन्छ। तर चीन र अमेरिकाबीचको सम्बन्ध भने डोनाल्ड ट्रम्पको शासन यता तना’वपूर्ण बन्न थालेको छ। ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धलाई रणनीतिक प्रतिस्पर्धाको सम्बन्धका रुपमा व्याख्या गर्न सुरु गरे । त्यसलाई बाइडेनले पूर्ण रुपमा अंगिकार गरे । बाइडेनको भनाइको स्पष्टिकरण दिए जसरी पेन्टागन अधिकारीले अमेरिकाको ‘एक चीन नीति’ नबदलिएको बताए ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal