आज :

काठमाडौँ महागरमा ३३ हजार मत गन्न बाँकी रहँदा बालेनले जित निश्चित जस्तै, यति पछि परे स्थापित

  • अनलाइन डबली

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको जित निश्चिजस्तै देखिएको छ । उनले ५१ हजार पाँच सय बढी मत ल्याइसकेका छन् ।

पछिल्लो परिणाम अनुसार साहले ५१ हजार पाँच सय ९६ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाएकी छन् । बालेनले सिर्जनाभन्दा १९ हजार एक सय ६६ मत बढी पाएका छन् । त्यस्तै, तेस्रो नम्बरमा झरेका नेकपा एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाएका छन् ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी रहेको छ ।

यसैबीच ललितपुर ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।

अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यको विजय औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

उता जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले पदवहाली गरेका छन् ।

पदभार ग्रहण गर्दै मेयर साहले फोहोर उठाउने जिम्मेवारी वडालाई दिनेसहितका तीन निर्णय गरेका हुन् । जनकपुरधामका २५ वटै वडाहरूलाई स्रोतसाधन सम्पन्न बनाएर फोहोर व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको मेयर साहले बताए ।

जनकपुरधाममा सरसफाइ नहुँदा पटक-पटक नगरबासी आन्दोलित बनेका छन् । फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै निवर्तमान मेयर लालकिशोर साहको आलोचना हुँदै आएको थियो । त्यसैले पनि नवनिर्वाचित मेयर साहले सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

मेयर साहले कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र सूचना पारदर्शी बनाउने निर्णय पनि गरेका छन् । यस्तै एउटा शाखाका कर्मचारीलाई अर्को शाखामा नखटाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal