आज :

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अनुमति, १० बर्ष जेल सजाय हुन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । कन्सल्टेन्सी संचालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न आदालतले अनुमति दिएको छ । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई ब लात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्नु अनुमति दिएको हो ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा स्थायी घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । पीडित युवतले प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दै काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको आरोप लगाएकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट प क्राउ गरेको थियो । पाण्डेविरुद्ध अर्की १८ वर्षभन्दा कम उमेरकी नाबालिगले पनि जाहेरी दिएकी छन् । पाण्डेले ‘यौन दुर्व्यवहार’ गरेको आरोप लगाउँदै कारवाहीको माग गरेकी गरिएको छ ।

२०७१ सालमा रहेको कानुनमा महिलाहरू १६ वर्ष पुगेपछि बालिग बनेको मानिने व्यवस्था थियो । बालिग भएपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउने कानुनी व्यवस्था रहेको थियो । त्यसै गरी यदि कुनै व्यक्तिले बलात्कार गरेमा ३५ दिनभित्र जाहेरी दिइसक्नुपर्ने हदम्याद राखिएको थियो । यद्यपि हालको मुलुकी अपराध संहिताले जबरजस्ती करणीसम्बन्धी कसुरको हदम्याद एक वर्ष तोकेको छ ।
हदम्यादका कारण पीडितलाई न्याय पाउनबाट बञ्चित गरिन नहुने दिनहु काठमाडौँ प्रदर्शन भइरहेका छन् ।

पीडित युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् भने अर्की बालिकाले बालबालिका ऐनविरुद्धको कसुरमा किटानी जाहेर गरिसकेकी छन् ।

पीडित युवतीले गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।
मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले पीडित युवतीको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको बताएकी छन् ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ अनुसार कसैले कुनै महिलालाई वेश्यावृत्तिमा लगाएमा वा शोषण गर्ने उद्देश्यले एक स्थानबाट अर्को स्थानमा लगी शोषण गरेमा त्यसलाई मानव बेचबिखन गरेको मानिने उल्लेख गरेको छ ।

यति बेला प्रहरीले पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार )नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा २ ख अन्तर्गतको कसुरमा मुद्दा लैजान म्याद थप गर्ने तयारी गरेको छ । उक्त ऐनको दफा ४ को उपदफा २ख मा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाइफकाइ वा प्रलोभनमा पारी अपहरण गरी वा शरीर बन्धक राखी नाजुक स्थितिको फाइदा उठाई वा बेहोस पारी आफूसँग राखेमा पनि त्यसलाई मानव बेचबिखन मानिएको छ ।

प्रहरीले अनुसन्धान गरी प्रतिवेदन तयारी पारी मुद्दा दायर गर्ने तयारी गरेको छ । जिल्ला अदालतमा दर्ता हुने यस मुद्दामा यदि अभियोग दाबी पुग्ने वा पुष्टि हुने तथ्य र प्रमाण जाहेरवाला वा वादी नेपाल सरकारले पेस गर्न सकेको अवस्थामा अभियुक्तमाथि १० वर्षसम्मको कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal