आज :

रेणुले जित्ने पक्का भएपछि एमाले कार्यकर्ताले मच्चाए यस्ताे बबाल, मतगणना स्थगित

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले जित्ने निश्चित भएपछि नेकपा एमालेका प्रतिनिधिले बबाल मच्चाएका छन् ।

सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेका थिए । प्रवेश निषेधित क्षेत्रमा एमाले कार्यकर्ता जबरजस्त प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सुरक्षालाई ख्याल गर्दै तोकिएको अधिकारीबाहेक अरुलाई प्रवेश गर्न निषेध गरिएको थियो । तर, एमाले कार्यकर्ता अनाधिकृत रुपमा प्रवेश गरेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले बताएको छ ।

त्यही विषयलाई लिएर एमाले नेताहरुले मतगणनामा अवरोध पुर्याएका छन् । उनीहरुले प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई नछोडेसम्म मत गणना हुन नसक्ने बताएका छन् । एमाले नेताहरुको अडानका कारण अहिले मतगणना रोकिएको छ ।

मत गणना अन्तिम चरणमा पुगेको अवस्थामा एमाले कार्यकर्तालाई आफूले हार्ने निश्चित भएपछि उदण्डता मच्चाएको नेपाली काँग्रेस र माओवादीका नेताहरुले बताएका छन् । उनीहरुले तत्काल मत गणना सुरु गर्न माग गरेका छन् । रेणले एमालेका विजय सुवेदीलाई फराकिलो मतले पछि पारेकी छन् ।

भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिँदा रेनु दाहालले ४५२३९ मत प्राप्त गरेकी थिइन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४६३०० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७३५७ मत प्राप्त गरेकी छन् । फाइन तस्विर

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal