आज :

११२३७६ मतगणना सकिँदा भरतपुरबाट आयो यस्तो खबर, हेर्नुहोस बिस्तृतमा

  • अनलाइन डबली

भरतपुर । भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५२३९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४६३०० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७३५७ मत प्राप्त गरेकी छन्।

यस्तै उता बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेका छन् । पाण्डेयले बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् ।

‘अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु गर्नेछौं’, पदभार ग्रहणपछि पाण्डेयले भने, ‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’ बुटवलमा करिब २० हजार सुकुम्बासी रहेको उपमहानगरको तथ्यांक छ ।

पाण्डेयले चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए ।

पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको हो । उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । १९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले ५ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

यता पाँचखाल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगर प्रमुख महेश खरेल नै कांग्रेसका तर्फबाट पुन: निर्वाचिन भएका हुन् । उपप्रमुखमा एमालेकी सूर्यमाया दनुवार निर्वाचित भएकी हुन् ।

प्रमुखमा विजयी खरेलले निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।खरेलले १२ हजार ८ सय ३६ र अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई मतले पछि पार्दै एमालेकी सूर्यमाया दनुवार निर्वाचित भइन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई ५ सय २४ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।

उनले ९ हजार ५ सय ३४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणि)ले ९ हजार १० मत प्राप्त गरेका छन् । कांग्रेसले वडा नं २, ३, ४, ७, ८, ११, १२ र १३, एमालेले वडा नं ५, ९ र १०, माओवादी केन्द्रले वडा नं १ र एकीकृत समाजवादीका उम्मेदवार वडा नं ६ मा विजयी भएका छन् ।

यस्तै तनहुँ जिल्लाको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । उनले १२ हजार ७८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित भएकी छन् । दरैले १३ हजार ४९८ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा पनि ब्यासमा कांग्रेसले जित हासिल गरेको थियो र नगरप्रमुखमा न्यौपाने नै थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal