आज :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै जजिरा एयरको जहाजमा रगत भेटिएपछि….

  • अनलाइन डबली

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ।

एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो। विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन।

अवतरणको क्रममा चरासँग ठोक्किएको आशंकापछि परीक्षणको लागि जहाज होल्ड गरिएको साहले जानकारी दिए। जहाजमा क्षति भएको छैन भने यात्रुहरु पनि सकुशल छन्।

‘जहाजको बाहिरी भागमा रगत देखिएको छ तर चरा भेटिएको छैन,’ उनले भने, ‘चरा जहाजको इन्जिनभित्र गएको छ कि भन्ने आशंकामा होल्ड गरिएको छ।’ काठमाडौँबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जहाजले उडान भर्न सक्ने साहले बताए।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गत हप्ताको सोमवारबाट औपचारिक रूपमा सञ्चालनमा आए पनि हालसम्म भारतले सहज हवाईमार्ग तथा हवाईक्षेत्र उपलब्ध नगराएकाले “व्यावसायिक अन्तर्राष्ट्रिय उडान” प्रभावित हुन सक्ने विज्ञहरूले औँल्याएका छन्।

यो समस्या समाधान गर्न नेपालले “उपयुक्त कूटनीतिक पहल” गर्नुपर्ने आवश्यकता भएको उनीहरू बताउँछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका एक अधिकारीले चाहिँ नेपालले उक्त विमानस्थलका लागि “आवश्यक हवाईमार्ग” प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको बताएका छन्।

पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार हाल नेपालसँग भारतीय आकाश हुँदै भैरहवामाथि सीधै अवतरण गराउन पाउने हवाईमार्गको अनुमति छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal