आज :

भीमदत्त र पुनर्वास नगरपालिकाको मेयर र उपमेयर कांग्रेसले जित्यो

भीमदत्त नगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार आठ सय ८२ मत ल्याएर मेयर जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्त पराजित भए। उनले आठ हजार एक सय ७९ मत ल्याएका छन्। यहाँ नेकपा माओवादी-नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले जम्मा तीन हजार चार सय ५२ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकै निलम जोशी निर्वाचित भएकी छन्।

१२ हजार दुई सय १६ मत ल्याएर उनी निर्वाचित भइन्। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका उपमेयर उम्मेदवार कृष्णदत्त जोशीले १० हजार पाँच सय ९६ मत ल्याएका छन्।

त्यस्तै नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयर जितेको छ। कांग्रेस उम्मेदवार तोयप्रसाद शर्मा मेयर निर्वाचित भएका हुन्। उनले दश हजार छ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार पदमबहादुर पुजारा पराजित भए। उनले ४६७४ मत ल्याएका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले ३७३४ मत ल्याएका छन्।

यहाँ उपमेयर पनि कांग्रेसले जितेको छ। कांग्रेसकी भुलियाकुमारी राना उपमेयर भइन्। उनले ७३४५ मत ल्याएकी छन्। यहाँ उपमेयरमा माओवादी केन्द्रका धोखे राना पराजित भए।

उनले ५४९२ मत ल्याएका थिए। पुनर्वासमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal