आज :

ओखलढुंगामा अर्धचेत भेटिएकी किशोरीलाई काठमाडौं ल्याइयो, प्रहरीले गर्यो यस्तो आशंका

  • अनलाइन डबली

ओखलढुंगा । ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परेकी एक किशोरीमाथि बला’त्कार भएको हुनसक्ने आशंका गरिएको छ।

अहिले उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। आइतबार बिहान ५ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ स्थित सडकमा १८ वर्षीया किशोरी फेला परेकी थिइन्।

अर्धचेत अवस्थामा फेला परेकी उनको थप उपचारको लागि काठमाडौं पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

अल्टिच्युड हेलिकप्टरमार्फत् उनलाई काठमाडौं ल्याइएको उनले बताए। अहिले उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

गए राति घरपरिवारसँगै सुत्न गएकी उनी बिहान करिब ४ बजे घरमा थिइनन्। घरमा नभएपछि परिवार र छिमेकी मिलेर उनको खोज्न हिँडेका थिए। खोज्ने क्रममा करिब ५ बजे किशोरी घरभन्दा अन्दाजी डेढ किलोमिटर पर रहेको ठाउँमा फेला परेको हो।

यो घटनामा किशोरीमाथि बलात्कार पनि भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपी प्रहरीले मेडिकल रिपोर्ट आइनसकेको हुँदा भन्न नसकिने बताए।

प्रहरीले एक जनामाथि शंका लागेर नियन्त्रणमा लिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal