आज :

भरतपुरबाट आयो दुखद खबर, एक जनाको मृत्यु, थप विवरणसहित

  • अनलाइन डबली

चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।

घटनामा भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्ता पर्साको ठोरी गाउँपालिकाका एक व्यक्तिको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुर बाघमोर्चा बस्ने ३५ वर्षीय प्रवीण पाख्रिनको मृत्यु भएको हो ।

ढुंगा प्रहारबाट घाइते पाख्रिनको वीरगञ्ज पानीट्याङ्की स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

गत जेठ ६ गते आपसी विवाद झगडामा परिणत हुँदा उनलाई केही व्यक्तिहरुले ढुंगाले हानेका थिए । उनलाई ढुंगाले हानेर घाइते बनाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ ।

‘आपसी झगडाका कारण भएको घटनामा ३÷४ जनाको संलग्नता रहेको भनिएको छ । फरार भएकाहरुको खोजीसँगै अनुसन्धान पनि अघि बढाएका छौं’ प्रवक्ता डीएसपी खनालले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal