आज :

अझै ३७ हजार मत गन्न बाँकि रहँदै भरतपुरबाट आयो यस्तो खबर, कसको अवस्था के ?

  • अनलाइन डबली

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा हालसम्म ९० हजार ३ सय ८ मत गणना भएको छ। अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।

अझै ३७ हजार मत गन्न बाँकि रहेका बेला पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्। उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्।

एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्।

उता कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर निर्वाचित भएसँगै यहाँ पनि सत्ता गठबन्धन असफल भएको छ।

यसअघि कलैया र घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका थिए। सत्तागठबन्धनमा रहेका पाँच दलले छ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै भागबन्डा गरी उम्मेदवार उठाएका थिए।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड मेयर र नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी उपमेयर उम्मेदवार थिए। आज आएको मतपरिणामअनुसार दुबै पराजित भएका छन्।

हमालले २६ हजार ८ सय ६५ मतसहित मेयर जितेका छन्। यहाँ नेकपा एमालेकी उम्मेदवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याएर उपमेयर निर्वाचित भइन्।

धनगढीमा माओवादीसँग तालमेल गर्दा कांग्रेसले मेयर, उपमेयरसहित एक वडा गुमाएको छ। ०७४ मा यहाँ वडले कांग्रेसबाट मेयर जितेका थिए। ७४ मा मेयर, उपमेयर र १२ वडा जितेको कांग्रेसले यसपटक ११ वडामा मात्रै जित निकालेको छ। धनगढीमा १९ वडा छन्।

कांग्रेसका वडलाई कांग्रेसले नै जितेका वडाबाट पनि राम्रो मत आउन सकेन। पार्टीभित्रैबाट उनलाई मेयरमा धेरै भोट नआएपछि कांग्रेसभित्र अन्तरघातको भएको आशंका हुन थालेका छन्।

‘अघिल्लो चुनावमा आरजु राणा देउवालाई पनि यस्तै कारणले हराए, यसपटक मेयरलाई कांग्रेसले त भोट हाले तर कांग्रेसीले हालेनन्,’ एक नेताले व्यंग्य गर्दै भने। यतिमात्रै होइन कांग्रेसका केन्द्रीय सदस्य, अघिल्लो चुनावमा प्रदेशसभा उम्मेद्वार रहेकी जीवन रानाका वडामा एमालेले जित्यो।

कांग्रेस कैलाली जिल्ला सभापति नारायण भट्टको वडामा पनि एमालेले जित्यो। कांग्रेसका क्षेत्रीय सभापति भीम भडालका वडामा पनि अध्यक्षमा एमालेले जितेको थियो। यी वडा अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो।

कांग्रेसले यो चुनावमा वडा नम्बर १, २, ३, ४, ५, ९, १३, १४, १५, १७ र १९ मा विजय हासिल गरेको छ। एमालेले वडा नम्बर ७, ८, १०, १२ कांग्रेसबाट खोसेको छ।

माओवादी केन्द्रले पनि कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएको थियो। उसले पनि जित निकाल्न सकेन। साथै अघिल्लो चुनावमा जितेका २ वडा गुमाएको छ। अघिल्लो चुनावमा माओवादीले जितेको ३ र १५ नम्बर वडा कांग्रेसले खोसेको छ।

माओवादी केन्द्रले यसपटक वडा नम्बर ६, ११ र १६ मा विजय हासिल गरेको छ। अघिल्लो चुनावमा माओवादीले ३, ६, ११, १५ र १८ नम्बर वडा जितेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal