आज :

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमला विजयी

  • अनलाइन डबली

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली काँग्रेसका नृत वडलाई पराजित गर्दै जित हात पारेका हुन् । हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।

यसअघि २०७४ मा भएको स्थानी तह निर्वाचनमा वड अत्याधिक मतले विजय भएका थिए भने अहिले गठबन्धनकै तर्फबाट उम्मेदवार बनेर पनि पराजित भएका छन् । वड हमालसँग १२ हजारभन्दा बढी मतले पराजित भएका छन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला रानाले  विजयी भएकी छन् ।

यसैबीच महोत्तरीको जलेश्वर नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सुरेश साह सोनार विजयी भएका छन् । त्यस्तै, उपप्रमुख पदमा रौशन खातुन विजयी भएका हुन् ।

जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै प्रमुखमा विजयी हुँदा  उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।

यसैगरी नेकपा एमालेका राम आधार कापरले ४ हजार ७८२, नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० र माओवादी केन्द्रका कौशलेन्द्र शर्माले १ हजार ३३८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुख पदमा विजयी जसपाकी उम्मेदवार रौशन खातुले ५ हजार ८२३ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार मन्चुन देवीले ४ हजार ९०१, लोसपाकी फरहत खातुले ४ हजार ८६२, नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ र माओवादी केन्द्रकी मिना देवीले १ हजार २९५ मत पाएका छन् ।

उता सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् ।

अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १५९५ मत पाइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal