आज :

कालिकोटका ९ वटै पालिकाको नतिजाः माओवादीले ६ पालिका जित्यो, एमाले निल

  • अनलाइन डबली

कालीकोट । कालिकोटका ९ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ९ मध्ये ६ पालिका नेकपा माओवादी केन्द्रले जितेको छ । दुई वटा नगरपालिकामध्ये माओवादीले एउटामा मेयर र अर्कोमा उपमेयर जितेको छ ।

त्यस्तै एक स्वतन्त्र गरी पाँच पालिकामा माओवादीले जित हात पारेको छ भने तीनवटा पालिकामा उपाध्यक्ष जितेको छ । सत्ता गठबन्धनको निर्णयप्रति नेपाली काँग्रेस इमान्दार नभएपछि सबै पालिकामा लागु हुन सकेन । दलहरु आआफ्नो अनुकुलतमा चुनावी मैदानमा उत्रेका थिए ।

माओवादीले जितेको पालिकाः पलाँता गाउँपालिकाको अध्यक्षमा विष्णु बहादुर रोकाया र उपाध्यक्षमा अलैपुरा जैसी विजयी भएका छन् । पचालझरना गाउँपालिकाः अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्कीना बमले जिते भने रास्कोट नगरपालिकाको मेयरमा धर्मराज शाही विजयी भए । त्यहाँ उपमेयर एकीकृत समाजवादीका मनिराज बरालले जिते ।

त्यस्तै सान्नीत्रिवेणी गाउँपालिकामा माओवादीकै स्वतन्त्र उम्मेदवार मोहन बहादुर केसीले जिते । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्वर बहादुर शाहीलाई पराजित गरेका छन् । यो पालिकामा उपाध्यक्षमा पार्वती सिंह विजयी भएकी छन् ।

शुभकालिका गाउँपालिका पनि माओवादी केन्द्रले नै जितेको छ । अध्यक्षमा माओवादीका गोविन्द्र प्रसाद आचार्य र उपाध्यक्षमा नेपाली काँग्रेसकी धर्मकला शाही विजयी भएका छन् । त्यस्तै, महाबै गाउँपालिकाको अध्यक्षमा माओवादीका खेमबहादुर सिंह र उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी भएका छन् ।

त्यसैगरी माओवादीले खाँडाचक्र नगरपालिकाको उपमेयरमा गणेश बहादुर शाही विजयी भएका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही विजयी भएका छन् । त्यस्तै, माओवादीले नरहरीनाथ गाउँपालिकामा पनि उपाध्यक्षमा कमल शाह विजय गराएको छ।

नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको प्रमुख र अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । नरहरीनाथको अध्यक्षमा नगेन्द्र विष्ट विजयी भएका छन् भने तिलागुफा नगरपालिकाको प्रमुखमा शंकर उपाध्याय विजयी भएका छन् ।

नेकपा एमालेले कुनै पनि पालिका प्रमुख वा अध्यक्ष जित्न सकेन । तुलागुफा नगरपालिकाको उपप्रमुखमा महेन्द्रबहादुर शाही, महाबै गाउँपालिकाको उपाध्यक्षमा दानसिंह सिजुवाल र सान्नी त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा पार्वती सिंह एमालेबाट विजयी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal