आज :

रेणुले बनाइन् अहिलेसम्मकै फराकिलो मतान्तर, बधाई आउन सुरु

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाको जारी मत गणनाको पछिल्ला नतिजा अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अहिलेसम्मकै फराकिलो मतान्तर बनाएकी छन् । भरतपुमा अलिहेसम्म ७९ हजार मत गण्ना भइसक्दा रेणुले ३० हजार ६९४ मत ल्याएकी छन् । मतगणना स्थलमा रहेका माओवादी केन्द्रका एक नेताका अनुसार रेणुले झण्डै ७ हजारको मतान्तरमा रेणुले अग्रता लिइएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका छन् । त्यस्तै, रेणुविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल
झण्डै ११ हजार मत लिएका छन् । मतान्तर फराकिलाे बनाउँदै लगेपछि जितेका सामाजिक संजालमा रेणुलाइ बधाइकाे  ओहिरो आउन थालेको छ ।

यसैबीच धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो नतिजाअनुसार साम्पाङले १५ हजार ९६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ८७४ मत प्राप्त मात्रै प्राप्त गरेका छन् । साम्पाङ र राईभन्दा ३ हजार ९२ मतले अघि छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले आठ हजार १० सय ४५२ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७६९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । नेकपा एमालेका पदम इस्बो लिम्बूले १४ हजार २५२ मतसहित बेघालाई पछ्याररहेका छन् ।

उता दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्काले १३ हजार ५४ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ५६७ मतसहित खड्कालाई पछ्याइरहेका छन् । अहिलेसम्म ३१ हजार ११५ मत गणना भइसकेको छ ।

त्यस्तै उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १५ हजार ७४ मत प्राप्त गरेका छन् भने भने एमालेकी स्यानी चौधरीले १२ हजार २८५ मतसहित राणालाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal