आज :

५१ प्रतिशत भोट गनिसक्दा कति पुग्याे बालेनको मत ? केछ स्थापित र सिर्जनाको अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् ।

९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

यस्तै बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् ।

उनले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् ।

काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । तर निर्वाचन आयाेगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। कार्यकर्ताहरुले र्‍याली निकालेका छन् ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा ३११५८ मत गन्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १३०५४ मत पाएका छन् भने कांग्रेसका गेहेन्द्र गिरीले १२५६७ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal