आज :

सुदूरपश्चिमबाट आयो दुःखद खबर- डोटीमा बस दुर्घटना, यस्तो छ क्षतिको विवरण

  • अनलाइन डबली

डोटी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘दुर्घटना आसपासका क्षेत्रमा सबै खोजी गर्दा भेटिएन,’ प्रवक्ता भट्टले भने ‘दुर्घटना भएको बस सेती नदी किनारैमा पुगेको हुँदा नदीमा बेपत्ता भएको अनुमान छ ।’

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् ।

सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए । बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुटवल १० का ७२ वर्षीय पशुपति भट्टराइको मृत्यु भएको हो।

पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका भट्टराईलाई तत्काल कालिकानगरमै रहेको चौराह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका २४ वर्षीय वीरेन थापा घाइते रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal