आज :

रुसले बनायो ‘कन्ट्री किलर’ मिसाइल, बेलायतलाई छिनभरमै ध्वस्त पारिदिने चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही जारी छ । सैन्य कारवाहीले ८० दिन पार गरिसक्दा पनि हमला जारी छ । रुसले युक्रेनका मुख्य शहरका अधिकांश क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेको छ । खार्किभ, मारियोपोल रुसी सेनाको नियन्त्रणमा छन् । अमेरिका र नेटो देशहरुले युक्रेनलाई हतियार र गोप्य रुपमा सैनिक पठाइरहेको रुसले बताउँदै आएको छ ।

रुस विरोधी देशहरुले भोलेन्टियर रुपमा आफ्ना नागरिक युक्रेनलाई सहयोग गर्न जान सक्ने बताउँदै आएका छन् । रुसले केही हप्ताअघि मारियोपोलमा विदेशी सैनिकलाई नियन्त्रणमा लिएको थियो । यसले पनि पुष्टि गरेको थियो, अन्य देशका तालिम प्राप्त सेना युक्रेन आएर रुसविरुद्ध लडिरहेका छन् ।

अमेरिका र नेटो देशहरुले युक्रेनलाई सहयोग बढाएसँगै रुसले पनि नयाँ नयाँ हतियार परीक्षण गरिरहेका छ । हाइपरसोनिकदेखि सर्बत मिसाइलको रुसले सफल परीक्षण गरेको छ । यसको युक्रेनमा परीक्षण समेत गरिएको छ ।

हालै सफल परीक्षण गरेको सर्बत मिसाइल अहिलेसम्म कुनैपनि देशसँग नभएको रुसले दाबी गरेकोछ । यसले १८ हजार किलोमिटरसम्म सजिलै मार गर्न सक्छ । यसले हाइपरसोनिक ग्लाइड बोक्न सक्छ । रुसले यसलाई ‘कन्ट्री किलर’ मिसाइल भएको रुसले दाबी गरेको छ । आफूविरुद्धको अभियान नरोके कुनै पनि देशको अस्तित्व समाप्त बनाइदिने रुसले चेतावनी समेत दिएको छ । रुसले यो मिसाइल प्रहार गरेर बेलायतलाई छिनभरमै ध्वस्त गरिदिन सक्ने चेतावनी समेत दिएको छ ।

यसैबीच रुसी सेनाले लुहान्स्कलगायतका क्षेत्रमा नयाँ एयर डिफेन्स उतारेको छ । लडाइँ घनिभूत भएका विभिन्न क्षेत्रबाट युक्रेनी सेनाले आत्मसमर्पण पनि गरिरहेका छन् । युक्रेनको पूर्वी क्षेत्रमा अधिकारको लागि लडिरहेका विद्रोही समूहले दुई हजार युक्रेनी सेनालाई चारैतिरबाट घेराउ गरेको छ । उनिहरुलाई हात उठाएर बाहिर निस्किन सक्ने विद्रोहीका कमाण्डरले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

बेलारुस नजिक नेटो सेनाले अभ्यास गरिरहेको छ । बेलारुसले नयाँ एयर डिफेन्स सिस्टम जडान गरेको छ । उसले आफ्नो सुरक्षाको लागि भन्दै रुसबाट नयाँ एयर डिफेन्ससँग हाइपरसोनिक मिसाइल पनि तयारी अवस्थामा राखेको छ ।

यसैबीच मारियोपोलमा युक्रेनी सेनाका बिग्रेड कमाण्डरसहित ३६ जना उच्च सैनिक कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनिहरुले अहिलेसम्म रुसविरुद्ध मुकाबिला गरिरहेका थिए । उनीहरु जल क्षेत्रमा रुसलाई अवरोध पुर्याउँदै आएका थिए । अब मारियोपोल पूर्ण रुपमा रुसको नियन्त्रणमा आइसकेको छ । आफ्नो नियन्त्रणमा आएका सहरमा रुबोलमा कारोबार गरिरहेको छ । त्यहाँको नयाँ बजेट नै रोबलमा ल्याउने रुसको तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal