आज :

भरखरै यस्तो आयो चितवनको ताजा परिणाम, रेणुको जितलाई सुवेदी र बागीले रोक्न नसक्ने 

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । भरखर सार्वजनिक भएको ताजा मत परिणाम अनुसार रेणु दाहालले थप अग्रता बनाएकी छन् । रेणले नेकपा एमालेका विजय सुवेदीलाई ५ हजार १३३ मतले पछि पारेकी छन् । रेणुले २७ हजार ४१२ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी रेणुलाई पछाइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । रेणुविरुद्ध बागी उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । पौडेलले काँग्रेसको करिब १० हजार काट्दा पनि रेणुले निरन्तर अग्रता लिइरहेकी छन् ।

गठबन्धनको निर्णयविरुद्ध उभिएका काँग्रेस नेताहरुले नै पौडेललाई उम्मेदवार दिन लगाएको बताइएको थियो । काँग्रेस नेताले उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई दिने तर रेणुलाई नदिएर पौडेललाई भोट दिन प्रचार गरेका थिए । अधिकारीले शनिबार विहानसम्म २९ हजार ५२५ मत पाएका छन् । भने राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् ।

एमालेका सुवेदी र बागी पौडेलले रेणुको जितलाई रोक्न नसक्ने अनुमान स्थानीय नेता कार्यकर्ताहरुले गरेका छन् ।

यसैबीच शनिबार विहानसम्म कुल ७५३ स्थानीय तहमध्ये ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । शनिबार बिहानसम्म  एक महानगरसहित उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् । यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।

यो विवरणअनुसार नेपाली काँग्रेस ३ सय पालिका जितेर पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्ष गरी ३०३ स्थान जितेको छ । जसमा काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सतक कटाएको हो ।

पहिलोबाट दोस्रोमा झरेको नेकपा एमालेले १८५ प्रमुख तथा अध्यक्ष जितेको छ भने २०९ उपप्रमुख जितेको छ । त्यस्तै तेस्रो स्थानमा पुगेको नेकपा माओवादी केन्द्रले ११७ प्रमुख तथा अध्यक्ष र १२३ उपप्रमुख जित हात पारेको छ ।

त्यसैगरी जसपाले २२ प्रमुख तथा अध्यक्ष र १५ उपप्रमुख जितेर चौथो स्थानमा कायम गरेको छ भने नेकपा एकीकृत समाजवादीले १६ प्रमुख तथा अध्यक्ष र १९ उपप्रमुख जित हात पारेको छ ।

एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal