आज :

रौतहटमा मतपेटिका लुटेर भागेका व्यक्तिबारे भयो यस्तो खुलासा, प्रहरी समेत चकित

  • अनलाइन डबली

काठमाडौँ । रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन्। साथै उनी पूर्व प्रहरी भएको समेत खुलासा भएको छ ।

यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई-२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।

मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए। प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए।

घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन्।

‘उनी पूर्व प्रहरी हुन् भन्ने बुझिएको छ। प्रहरी भइसकेको हुँदा धेरै कुराहरूमा सहज हुन्छ। उनलाई धेरै कुरा थाहा रहेछ। सुरक्षा व्यवस्था कस्तो छ भन्ने पनि थाहा हुन्छ, ’ उनले भने, ‘उनी आफै पनि कति पटक खटिसकेको पनि होला।’ उनी कुन पार्टीमा आबद्ध छन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि उनलाई निलम्बन गरी प्रहरीबाट हटाएको थियो।

यता विरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले हालसम्म २३ हजार ८ सय ९२ मत पाएका छन्।

उनलाई नेकपा एमाले-लोसपा गठबन्धनका विजय सरावगीले पछ्याइरहेका छन्। पूर्वमेयर समेत रहेका सरावगीले १२२८९ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार गिरिश गिरीले १४२६ मत पाएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १६८६१ मतका साथ अग्रता कायम राखेका छन्। लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ३५७६ मत पाएका छन्।

उपमेयरमै राप्रपाका उम्मेदवारले २४४२ मत पाएकी छन्। ३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal