आज :

कांग्रेस नेता सिद्धूले गरे अदालतसामू आत्मसमर्पण

  • अनलाइन डबली

काठमाडौँ । कांग्रेस नेता तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धूले पटियालाको अदालतमा समर्पण गरेका छन् । बिहिबार सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मामिलामा उनलाई एक वर्षको सजाय सुनाइएको छ ।

नवजोत सिंह सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले पत्रकारसँगको कुराकानीमा सिद्धूले मुख्य न्यायिक मजिस्ट्रेटको सामू आत्मसमर्पण गरेका छन् । अब उनको मेडिकल अनुसन्धान हुनेछ र अन्य प्रक्रिया पूरा गरिनेछ ।

यो मामिलामा सर्वोच्च अदालतमा पुनर्विचार याचिका दर्ता गरिएको थियो । यो मामिला करिब तीन दशकभन्दा पनि पुरानो हो । पीडित परिवारले यो मामिलामा सर्वोच्च अदालतको सन् २०१८ को निर्णयविरुद्ध पुनर्विचार याचिका दर्ता गरेका थिए ।

र सिद्धूका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए ।

सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका थिए । यस्तै भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल गरिएको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ ।

ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भयो ।

ट्रकमा बसेका ७ जना र पेट्रोल ट्याङ्करमा बसेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा शव यति नराम्रोसँग जलेको छ कि उनीहरुको पहिचान गर्न मुश्किल भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal