आज :

चुनावको अन्तिम नतिजा सार्वजनिक नहुँदै विप्लव नेकपामा पहिरो, दर्जनौं नेता-कार्यकर्ता बहुमतमा प्रवेश

  • अनलाइन डबली

कैलाली । विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् । चुनवाको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पुनर्गठन गरिएको थियो ।

बहुमतले देशभर अभियान संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनलाई उपयोग गर्नु संसदीय भाषमै जानु भएको भन्दै बहुमत चुनाव उपयोगको विपक्षमा उभिएको थियो । यही विवाद पार्टी फुटमा पुगेको हो ।

चुनाव उपयोगको नतिजा सोचेजस्तो नआएपछि विप्लव नेकपाले नयाँ कार्यनीति बनाउनेबारे छलफल सुरु गरेकै बेला नेता कार्यकर्ताहरु बहुमततिर ढल्किन थालेका छन् । चुनावमा सहभागीहरु भएका अधिकांश उम्मेदवारको धरौटी समेत बचेन ।

यसैबीच शुक्रबार कैलालीमा एक कार्यक्रमबीच विप्लव नेकपासहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा बहुमतमा प्रवेश गरेका छन् । उनीहरुले अबको क्रान्तिकारी शक्ति भनेकै बास्तोला नेतृत्वको नेकपा भएकोले आफूहरु समाहित भएको बताएका छन् ।

नव प्रवेशीलाई स्वागत गर्दै नेकपा बहुमतका युवा नेता झलक बिकले विप्लव, प्रकाण्ड पनि घुमाईफिराई संसदीय व्यवस्थामै फर्किएकाले आफूहरुले वि द्रोह गरेको बताए ।

उनले विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा असफल भइसकेको भन्दै अब त्यो बाटोबाट परिवर्तन सम्भव नभएको बताए । कार्यक्रममा बोल्दै बिकले सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई नेकपा (बहुमत)को नेतृत्वमा अघि बढ्नु पर्ने बताए । तत्कालिन नेकपा कैलालीले चुनाव उपयाेग नगर्ने निर्णय गरेकाे थियाे ।

विप्लव नेकपाले रोल्पामा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपासँग मिलेर नेकपा माओवादी केन्द्रविरुद्ध चुनावी गठबन्धन गरेको थियो ।  थवाङसहित रोल्पाका दुई पालिका जित्ने दाबी सहित चुनावमा हाम फालेको नेकपाले निरासाजनक नतिजाको सामना गर्नु परेको छ ।

महासचिव विप्लवको गृहनगरमै नतिजा निरासाजनक आएको छ । विप्लव शिवराज नगरपालिकाको मेयरमा पुरानो नेता भेषराज भुसाललाई चुनावी मैदानमा उतारेका थिए । तर, उनले पाँच सय पनि कटाउन सकेनन् ।

त्यस्तै, प्रवक्ता प्रकाण्डले लामो तयारी गरेपनि आफ्नै वडामा समेत आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् । कालिकोटमा दुुई जना केन्द्रीय सदस्यलाई चुनावमा लडेका थिए । नरहरीनाथ गाउँपालिकामा केन्द्रीय सदस्य एटम बिसी र रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्ययले पनि सम्मानजनक भोट ल्याउन सकेनन् ।

त्यसैगरी काठमाडौँमा विप्लव नेकपाले पुराना वामपन्थी लेखक तथा पत्रकार निमकान्त पाण्डेलाई मेयरमा उठाएको थियो । अहिलेसम्मको मत गणनामा उनले पाएको मतको कुनै हिसाबकिता सार्वजनिक भएको छैन् । विप्लव नेकपाले प्युठानमा वडामै चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal