आज :

किन जेल परेका हुन् नवजोतसिंह सिद्धू ? यस्तो छ घटना

  • अनलाइन डबली

काठमाडौँ । राजनीतिज्ञ तथा पूर्व क्रिकेड खेलाडी नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय तोकेको छ। अदालतले तीन दशक पुरानो एक घटनाको मुद्दामा शुक्रबार कांग्रेस नेता सिद्धूलाई सजाय तोकेको हो।

पीडित परिवारले सन् २०१८ मा सिद्धूलाई रिहा गर्ने फैसलाविरूद्ध अपील गरेका थिए। अदालतले त्यो बेला उक्त दुर्घटनाको मुद्दामा सिद्धूलाई तीन वर्षको सजायलाई एक हजार भारू जरिमानामा बदलिदिएको थियो।

अदालतको शुक्रबारको फैसलापछि प्रतिक्रिया दिँदै सिद्धूले एक ट्वीट गर्दै भनेका छन्, ‘म आफूलाई कानुनसमक्ष प्रस्तुत गर्छु…।’

के थियो घटना?
सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धूको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो। पछि गुरनाम सिंहको मृत्यु भयो। सिद्धूलाई गैर-नियतवश ह’त्याको आरोप लागेको थियो। त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर्‍याएको थियो। तर उच्च न्यायालयले दोषी ठहर्‍याउँदै तीन वर्ष सजाय सुनाइदियो।

सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धू र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए। त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए।

सवारी हटाउने विषयमा सिद्धू र उनका साथीको गुरनाम सिंहसँग विवाद भयो। उनीहरूबीच कुटाकुट पनि भयो। यसबीच गुरनाम सिंह लडे। पछि अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो।

पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धू र उनका साथी फरार थिए। पछि मृतकका परिवारको आग्रहमा सिद्धू र उनका साथीविरूद्ध मुद्दा दर्ता भयो। जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो।

सन् २००६ मा सिद्धू र उनका साथीलाई तीन-तीन वर्षको सजाय सुनाइयो। दुवैलाई जनही एक-एक लाख जरिमाना पनि तोकियो। पछि गुरनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्‍याइएको थियो।

सर्वोच्चले सन् २०१८ मा सिद्धूलाई निर्दोष सावित गरेको थियो। तर पीडित परिवारले यसविरूद्ध फेरि अपील दायर गरेको थियो। यसमै अदालतले अहिले आएर सिद्धूलाई दोषी ठहर्‍याउँदै एक वर्षको सजाय सुनाएको हो।

पहिले सिद्धूविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए। सन् १९९९ उनले क्रिकेटबाट संन्यास लिए र कमेन्टेटरका रूपमा काम थाले। पछि उनी टेलिभिजन कार्यक्रमहरूमा देखिन थाले।

विस्तारै उनी राजनीतिमा सक्रिय भए। उनी अमृतसरका सांसद भए र पन्जाबमा कांग्रेसका अध्यक्ष पनि भइसकेका छन्। अहिले उनी पन्जाब कांग्रेसका वरिष्ठ नेता हुन्। (बिबिसीको सहयोगमा)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal