आज :

उपाध्यक्ष विष्णु पौडेलकै वडामा भत्कियो एमालेको गढ, ३० बर्षपछि काँग्रेसले मार्यो बाजी

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामै नेकपा एमालेले हार खानु परेको छ । पौडेलको स्थायी घर भएको बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा एमालेका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसले बाजी मारेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनीले एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई पराजित गरेका हुन् । कुल ३ हजार ४३० मत खसेको थियो । यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ ढकालको पनि वडा हो ।

नेपाली काँग्रेसले २०४९ सालयता पहिलो पटक यस वडामा जित हात पारेको छ । नेकपा एमालेले लगातार जित्दै आएको यस वडामा यसपटक भने हार खानु परेको छ ।

यसैबीच धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् ।

नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादवले नेपाली कांग्रेसकी रञ्जु कुमारी साहलाई २०७ मत अन्तरले हराइन् । यादवले ५ हजार ७३० मत र साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत मात्र पाइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal