आज :

विप्लवको गृहनगरमा भेषराज भुसालको लज्जाजनक हार, कति मत पाए ?

  • अनलाइन डबली

कपिलबस्तु । जिल्लाको शिवराज नगरपालिका राप्रपाले जितेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको गृहनगर समेत रहेका यस नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् ।

थापले ७ हजार ६०२ मत ल्याएर विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार माधव पोख्रललाई पराजित गरेका छन् । पोख्रेलले ७ हजार १३८ मात्र पाए । त्यस्तै, काँग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरेर तेस्रो स्थानमै सिमित रहे ।

उपमेयरमा नेकपा एमालेकी नेतृ शिवकुमारी चौधरी ७ हजार ९५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेपाली काँग्रेसकी शारदा कार्कीलाई पराजित गरेकी हुन् । कार्कीले ६ हजार १८५ पाएकी छन् भने राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् ।

विप्लव नेकपाले नगर प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसाललाई उम्मेदवार बनाएको थियो । तर, उनी प्रतिस्पर्धामा समेत उत्रिन सकेनन् । भुसालले ५२७ मत मात्रै पाएको आयोगले जनाएको छ । जित्न दाबीसहित विप्लवले नै भुसाललाई चुनावमा उठ्न लगाएका थिए तर अहिले नसोचेको हार ब्यहोर्नु परेको छ ।

चुनावमा सहभागी हुन विषयलाई लिएर नेकपा विभाजन समेत भयाे । चुनवामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भनेअनुसार नतिजा आएन् ।

यसैबीच सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सहजादी प्रविन(आलम)लाई २ हजार बढी मतले पराजित गर्दै कांग्रेसकी मेहताले जितेकी हुन्। मेहताले ११ हजार ४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार५३७ मत मात्र पाइन् ।

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् । मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal