आज :

मेयर बन्न प्रदेश सांसदबाट राजीनामा, प्रतिस्पर्धीसँग यति मतले हारेपछि….

  • अनलाइन डबली

काठमाडौँ । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्‍द्रप्रसाद कुशवाहा पराजित भएका छन्।

नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित भएका हुन्।

लोसपाका देवेन्द्र कुमार यादवले ५२९४ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्द्वी कुशवाहाले ४७५२ मत ल्याए।

कुशवाहा २०७४ सालको निर्वाचनमा समेत मेयरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार यादवसँग पराजित भएका थिए। मेयरमा पराजित भएपछि कुशवाहा कांग्रेसबाटै प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए।

उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत थिए। तर फेरि मेयर उठ्न निर्वाचनको मुखमा उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।

यस्तै गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानेन्द्र गुरुङ निर्वाचित भएका छन्। उनले ५ हजार ४ सय ३ मत ल्याउँदै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरे। एमालेका देवराज श्रेष्ठले १ हजार ५ सय ४५ मत प्राप्त गरे।

यसअघि पनि सिरानचोकमा कांग्रेसले जितेको थियो। अहिले अध्यक्ष निर्वाचित भएका गुरुङ यसअघि वडा नम्बर दुईको वडाध्यक्ष थिए।

उपाध्यक्षमा कांग्रेसकै रिता देवकोटाले जित हासिल गरिन्। उनले ४ हजार ८ सय ४ मत प्राप्त गरिन्। यसअघि पनि उनी उपाध्यक्ष थिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन्। एमालेकी शशीकला देवकोटा १ हजार ८ सय ४४ मत ल्याएर तेस्रो भइन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal