आज :

ओलीको गृहनगर झापा दमकको मतगणना रोचक मोडमा, यस्तो आयो ताजा परिणाम

  • अनलाइन डबली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमकको मतगणना रोचक मोडमा पुगेको छ। दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ। अहिले केहीबेरमा ७ नम्बर वडाको नतिजा सार्वजनिक हुँदैछ।

वडा नम्बर ७ को नतिजा सार्वजनिक हुन्जेलसम्ममा राप्रपा उम्मेदवार राम थापाले आफ्नो अग्रता ४५० हाराहारीमा पुर्‍याउँदै छन्। एमाले उम्मेदवार गीता अधिकारी अहिले पनि थापाभन्दा पछाडि नै छिन्।

साढे चार सय मत हाराहारीको अग्रता जोगाउन भने अब थापाका लागि ज्यादै कठिन छ। वडा नम्बर ५ र ६ को गणना हुन बाँकी नै छ। २०७४ को निर्वाचनमा यी दुवै एमालेले जितेका वडा हुन्।

वडा नम्बर ५ मा एकतर्फी जित निकालेका कारण सो वडालाई एमाले आफ्नो गढ ठान्छ। वडा नम्बर ५ एमाले अध्यक्ष ओलीको घर भएको वडा हो। यसपटक दमक नगरपालिकामा ३९७३६ मत खसेको छ।

गणना सकिनै लागेको वडा नम्बर ७ मा ३३५० मत खसेको छ भने वडा नम्बर ५ मा ४३४९ र ६ मा २७५४ मत खसेको छ। गणना हुन बाँकी ५ र ६ नम्बर वडाकै मतपरिणाले दमकको मेयर को बन्ने भन्ने निश्चित हुने देखिएको छ।

एमाले नेताहरू चुनाव जितिने आशामा छन्। ‘वडा नम्बर ५ मा हाम्रो एकलौटी जस्तो मत आउनेछ,’ एमाले नेता होम थापाले भने, ‘६ मा गठबन्धनसँग बराबरी जस्तो अवस्था छ। ५ ले हामीलाई जिताउनेमा ढुक्क छौं।’

एमालेले जितको आशा कायमै राखेका बेला राप्रपा, कांग्रेस, माओवादी, जसपा लगायत ‘महागठबन्धन’ का दलहरू पनि जित आफ्नै हुनेमा उत्तिकै आशावादी छन्।

‘अहिले वडा नम्बर सातको नतिजा आउँदा हामी साढे चारदेखि ५ सय मतको अग्रतामा हुनेछौं,’ कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले भने, ‘त्यसपछि ५ मा एमालेले केही बढी ल्याउँछ। तर ७ सातसम्मको अग्रताले गर्दा हामी नै अघि हुन्छौं। ६ मा बराबरी अवस्था भएका कारण हामीले चुनाव जित्ने निश्चित छ।’

यसपटक राप्रपा र एमालेको प्रभाव क्षेत्र मानिने वडाहरू खोसाखोसमा परेको दमकमा अहिलेसम्म राप्रपाका राम थापा अग्रतामै छन्। अहिलेसम्म एमालेले राप्रपाको पुरानो किल्ला वडा नम्बर १ सहित २, ३ ८ ९ जितेको छ भने कांग्रेसले ४ र १० नम्बर जितेको छ।

वडा नम्बर ७ राप्रपाले जित्ने निश्चित भएको छ भने ५ र ६ को गणना बाँकी छ। अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार महागठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। कहिले एमाले उम्मेदवारको झिनो मतले अग्रता र अनि कहिले महागठबन्धनका उम्मेदवारको अग्रताले दमकको गणना रोचक पारेको छ।

अहिलेसम्म गणना भएको २९४२९ मतमा महागठबन्धनबाट उम्मेदवार रहेका राप्रपाका राम थापाले १२७४४ मत पाएका छन्। एमालेकी गीता अधिकारीले १२६०९ मत प्राप्त गरेकी छन्। अहिलेसम्म मेयरको उम्मेदवार रहका थापाले १३५ मतको अग्रता लिएका छन्।

उपमेयरमा भने एमालेका अम्बिका खनालले अग्रता कायम गरेका छन्। वडा नम्बर ७ को गणना सकिँदा खनाललाई कांग्रेसकी रेगिना भट्टराईले करिब सय मतले उछिन्ने सम्भावना देखिएको कांग्रेसले जनाएको छ। एमालेका खनालले १२४८४ मत प्राप्त गर्दा भट्टराईले ७८ मत कम (१२४०६) मत पाएकी छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal