आज :

५५१ पालिकाको नतिजा सार्वजनिक, एमालेले भन्दा काँग्रेसले जित्यो ८८ भन्दा बढी पालिका

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो ।

काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ ।

नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।

यस्तै १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।

यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ। मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal