आज :

एमालेले किन गर्यो महानगरपालिको मतगणना बहिष्कार ? यस्तो सहमतिपछि पुन सुरु भयो गणना

काठमाडौँ । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो ।

समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन अनुसार हस्ताक्षर नभएको मतपत्र रद्द हुने सहमतिपछि एमाले पछि सरेको हो ।

विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो ।

१३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो । वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।

ताजा अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा ५ हजार ८७९ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ४५७ मत पाएका छन् । जनमत पार्टीका अरुण मण्डलले ४६२, लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २०९ मत पाएका छन् ।

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २१२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत पाएकी छन् ।

जनमत पार्टीकी अन्नु कुमारी कामतले ६६८, लोसपाकी सहनाज खातुनले ४९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २५२ मत पाएका छन् । उता सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ ।

पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष जनमत पार्टीले जितेको छ । उापध्यक्षमा पनि जनमत पार्टी नै विजयी भएको छ ।

अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित रेणुले २ हजार ६९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् । यसअघि जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको थियो । मेयरमा वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal