आज :

ओलीको गृहनगर दमकको ताजा मतपरिणाम-राप्रपा अघिअघि, एमाले पछिपछि, मतान्तरसहित

दमक । झापाको दमकमा राप्रपाका राम थापाले अग्रता कायमै राखेका छन्। बिहीबार बिहानको पछिल्लो मतगणना अनुसार थापाले १२७४४ मत पाउँदा नेकपा एमालेकी गिताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छन्।

यस्तै उपमेयरमा नेकपा एमालेका अम्बिका प्रसाद खनालले १२ हजार हजार ६ सय ६ मतसहित अग्रता लिइरहेका छन्। उनलाई राप्रपासहितको गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराईले १२४८४ मतसहित पछ्याइरहेकी छन्।

हालसम्म झापामा १, २, ३, ४, ८, ९ र १० नम्बर वडाको अन्तिम परिणाम आइसकेको छ। यता पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए । निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।

६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् । ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४ हजार ७ सय ४० मत प्राप्त गरिन्।

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बमले १ हजार ७५१ मत ल्याएर पराजित भए। उपमेयरमा पनि कांग्रेसकै तुलशी जोशी विजयी भएकी छिन्।

उनले ७ हजार २५४ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरेकी हुन्। २०७४ सालको चुनावमा यहाँ एमालेले चुनाव जितेकाे थियाे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal