आज :

भरतपुर मेयरमा रेनु दाहालले लिइन भारी मतको अग्रता, यस्तो छ ताजा अपडेट

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ ।

जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन्।

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् । यस्तै गोरखाको गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना विजयी भएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको नगरपालिकाको नेतृत्व माओवादीले जनाता समाजवादीसँग मिलेर खोसेको हो । माओवादीका रानाले १८५६ मतान्तरले कांग्रेसका उम्मेदवार राजनराज पन्तलाई पराजित गरेका छन् ।

रानाले ८९६४ मत ल्याएर विजयी हुँदा पन्तले ७१०८ मतमात्रै ल्याए । तेस्रो भएको एमालेका सम्झना देवकोटाले ४९०९ मत पाइन् । यहाँ राप्रपाका रुद्रराज पाण्डेले ४१३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी छन् । उनले गठबन्धनकी उम्मेदवार जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरेकी हुन् ।

मसलीले ७४५३ मत ल्याएर विजयी हुँदा खत्रीले ६७१८ मत पाए । तेस्रो भएको एमालेका देवीबहादुर बस्नेतले ४९३४ मत ल्याएका छन् । राप्रपाकी सम्झना लामिछानेले २७३ मत पाइन् ।

स्थानीय तहको गत चुनावमा गोरखाका दुवै नगरपालिका कांग्रेसले जितेको थियो । यसपटक दुवै माओवादीले जितेको छ । पालुङटारमा पनि माओवादी विजयी भइसकेको छ ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।

६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् । ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal