आज :

केशव स्थापितको वडाबाट आएको भोटले बालेन चकित, कसको पक्षमा बढी ? ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदमा अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ। यो वडा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको हो।

यस वडामा एमालेले सुरूवाती अग्रता लिएको थियो भने यसबाहेकका वडामा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन्। वडा नम्बर २८को मतगणना सकिँदा स्थापित र शाहले बराबरी मत पाएका छन्।

उनीहरू दुबै जनाले १८१ मत पाएका हुन्। यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १४२ मत पाएकी छन्। ४८ हजार ३०१ मत गणना गर्दा शाहले १८ हजार ७९५ मत पाएका छन्। यता स्थपितले भने ९५९६ मत पाएका छन्।

सिर्जना सिंहले भने ९१७२ मत पाएकी छन्। अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ। वडा नम्बर १, २, ३ र ५को मतगणना सकिइसकेको छ।

उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्। उनले १६ हजार २७६ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५२३३ मत पाएर पछ्याइरहेका छन्।

यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपककुमार रिसाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन्। रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए।

उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन्। नेपालले ८६७१ मत पाइन्। २०७४ मा गोकर्णेश्वरमा कांग्रेसले मेयर र उपमेयर दुबै जितेको थियो।

त्यस्तै धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ। जसपा उम्मेदवार जय कुमार यादवले ५४१० मतसहित अध्यक्ष जितेका हुन्।

यहाँ जयकुमारपछि दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार रामबाबु यादवले ल्याए। उनले २४५५ मत ल्याएका छन्। नेकपा एमालेका अध्यक्ष उम्मेदवार सुशीलकुमार यादव तेस्रो भए। उनले १७६८ मत ल्याएका छन्।

उपाध्यक्ष पनि जसपाकै सैदा खातुनले जितेकी छन्। उनले ४४१४ मत ल्याएकी छन्। यहाँ दोस्रो मत कांग्रेसकी अनिता कुमारीले ल्याइन्। उनले ३१५२ मत ल्याएकी छन्।

एमाले उम्मेदवार अंजल साहले १८६५ मत पाएकी छन्। ०७४ मा यहाँ नेकपा एमालेले जितेको थियो। त्यसबेला एमालेले अध्यक्षमा ३५४० मत ल्याएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal