आज :

काठमाडौँमा बालेन, जनकपुरमा साह र धनगढीमा हमला पनि चम्किँदै

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत गणनाअनुसार बालेनले १८ हजार ३८७ मत ल्याएर अग्रता कामयम राखेका छन् । उनले दोब्बरले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ५५२ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै सत्ता गठबन्धनकी सिर्जना श्रेष्ठले ८ हजार ६९८ मत सहित तेस्रो नम्बरमा रहेकी छन् । बालेनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । दुबै उम्मेदवारले सुरुदेखि नै दोब्बर मतले पछि परेका छन् ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका र धनगढी उपमहानरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । जनकपुरमा मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । अहिले २२ र २३ को मतगणना भैइरहेको छ ।

त्यसैगरी उता धनगढी उपमहानरपालिकामा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि अग्रता फराकिलो बनाउँदै लगेका छन् । बुधबार पाँच बजेसम्म २६ हजार ४१९ मतगणना भएको छ । जसमा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ३०४ मत पाएका छन् ।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन् । हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ अग्रता कायम जारी राखेकी छन् । एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ । वडा नम्बर ४, ५, १६ र १७ को मतगणना भइरहेको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

यसैबीच नुवाकोटको शिवपुरी गाउँपालिकाको  अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा  नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् । थपलियाले ४ हजार १८२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले ४ हजार ७३ मत पाएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा निर्वाचित तामाङले ४ हजार ५२० मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्दिरा खड्काले ४ हजार ५६ मत पाइन् ।

त्यस्तै, सप्तरीको महादेवा गाउँपालिकाको पनि अन्तिम मत सार्वजनिक भएको छ । जसमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ ।

अध्यक्षमा लोसपाका सुनिल मण्डल चार हजार ५७० मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुमार यादव दुई हजार २०५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले तीन हजार ८६७ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डल दुई हजार २५३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal