आज :

यस्तो आयो काठमाडौँ ताजा अपडेट- केशव र सिर्जनाको बिजोग, बालेन हजारौं मतले अगाडि

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणाम अनुसार १६०५२ मत ल्याएका छन्।

उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ७७०७ मत धेरै ल्याएका हुन्। स्थापितले ८३४५ प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७५११ मत पाएकी छन्। उनको मत बालेनभन्दा ८५४१ कम छ।

दोस्रो र तेस्रोमा रहेका स्थापित र सिर्जना दुवैको मत जोड्दा बालेनको भन्दा कम हुन्छ। एमाले र कांग्रेसको मत जोड्दा जम्मा १५ हजार ८५६ मात्र हुन्छ भने बालेनको मत १६ हजारभन्दा धेरै भइसकेको छ।

अहिले काठमाडौंको वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। १ र २ को भने गणना सकिइसकेको छ। यस्तै उता जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।

जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ ।

त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

यता डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६ मतान्तरले पराजित गरेका हुन् ।

काँग्रेसका नगर सभापति समेत रहेका जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका मालले ५ हजार ८०५ मत पाए । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस विपीका साझा उम्मेदवार उम्मेदवार एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।

उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । महतले ५ हजार ८८५ मत ल्याउँदा काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत मात्र पाइन् ।

परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका जोगाउन काँग्रेस सफल भएको छ ।

माओवादी केन्द्रका उम्मेदवारसँग कडा टक्करका बीच जोशीले बाजी मारेका हुन् । ०७४ को निर्वाचनमा पनि काँग्रेसका भीमबहादुर साउद मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal