आज :

ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

  • अनलाइन डबली

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याएर पराजित भइन् ।

यस्तै काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएका छ । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ ।

नगरपालिका उपमेयरमा भने काँग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन् ।

एमालेका अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा जित हासिल गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal