आज :

काठमाडौँको ताजा परिणामः बालेन शाहले मतान्तर बढाउँदै, स्थापितले बोल्न छोडे

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । सुरुबाटै अग्रता लिएका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १५ हजार बढी मत प्राप्त गर्दै अग्रता कामयमै राखेका छन् ।

बुधबार विहानसम्मको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत प्राप्त गरेका छन् । बालेनको मत स्थापितको भन्दा ७ हजार ११४ बढी छ ।

त्यसैगरी सत्ता गठबन्धनकी साँझा उम्मेदवार नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

मत गणनाको सुरुमा सामाजिक संजालमा एमाले उम्मेदवार स्थापितले बालेनले सुरुमा अग्रता लिएपनि आफूले जित्ने दाबी गरिरहेका थिए । उनले बालेनलाई चुरीफुरी नगर्न समेत भनेका थिए । अहिले मतान्तर बढ्दै गएपछि स्थापितले सामाजिक संजालमा बोल्न छोडेका छन् ।

यसैगरी काठमाडौंको टोखा नगरपालिकाको अन्तिम मत सार्वजनिक भएको छ । नेकपा एमालेले काठमाडौंमा खाता खोलेको छ । एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् । अधिकारीले १० हजार ३४० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी हुँदा एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।

एमालेबाट विजयी अधिकारी यसअघि पनि नगरप्रमुख थिए । पराजित थापा २०७४ सालको निर्वाचनमा पनि नगर उपप्रमुखमा पराजित भएकी थिइन् । उता दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन् ।

चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन् । उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा (विक्रान्त)ले ७ हजार २८५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित भएका नेपाली कांग्रेसका चौधरी ०७४ सालको निर्वाचनमा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए । उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ प्राप्त गरेकी छन् । एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal