आज :

यस्तो आयो ओलीको गृहनगर दमकको ताजा मतपरिणाम, केछ एमालेको अवस्था ?

दमक । झापाको दमक नगरपालिकामा एमालेले संयुक्त गठबन्धनका उम्मेदवार राम थापाले मत अन्तर घटाउँदै लगेका छन् ।

दमक नगरपालिकाको १, २, ३, ९ र १० नम्बर वडाको अन्तिम मत परिणामअनुसार थापाले ९ हजार १ सय ७२ मत बनाएका छन् । एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले भने ९ हजार २ मत बनाएर थापालाई पछ्याउँदै छिन् ।

गठबन्धनकै उपप्रमुखकी उम्मेदवार काँग्रेसकी रेगिना भट्टराईलाई भने एमालेका उपप्रमुखका उम्मेदवार अम्बिकाप्रसाद खनालले उछिनेका छन् । खनालले ८ हजार ९ सय ५० मत पाउँदा भट्टराईले ८ हजार ८ सय ७ मत बनाएकी छिन् ।

दमकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपाको संयुक्त गठबन्धनबाट प्रमुखमा थापा उम्मेदवार बनेका छन् भने उपप्रमुखमा काँग्रेसकी भट्टराई उठेकी छिन् । एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा गठबन्धनको सामना एमालेले भने एक्लै गरिरहेको छ ।

यसैबीच इलामको माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा गोला प्रथाबाट नेकपा एमालेका यामकुमार कार्की बिजयी भएका छन् । वैशाख ३० गते भएको मतदानमा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले बराबरी १ हजार ८४ मत ल्याएका थिए ।

मतगणना ३१ गते नै सकिएपनि सोमबार मात्र गोला गरिएको थियो । बराबरी मत ल्याएपछि दुवैजना मतगणना स्थलबाट बाहिरिएका थिए । जेठ १ गते दुवैजना आएपनि कार्कीले भने गोला गर्न मानेका थिएनन् ।

माई जोगमाईका निर्वाचन अधिकृत प्रेम काफ्लेका अनुसार गोला प्रथामा कार्कीलाई नै सफलता मिलेको छ । गाउँपालिकाको नेतृत्वको लागि एमाले र एकीकृत समाजवादीबीच प्रतिष्पर्धा भएको छ । एमालेका कुशबहादुर थेवे र नेकपा एसका जितबहादुर राई चुनावी मैदानमा छन् ।

त्यस्तै विराटनगर महानगरपालिकाको ६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । ती वडाको मतपरिणाम अनुसार महानगर प्रमुख पदका एमाले उम्मेदवारमाथि पार्टीभित्रबाटै सुक्ष्म अन्तर्घात भएको देखिन्छ । अहिलेसम्म मत गणना भएका ६ वटा वडामध्ये ३ वटा वडा एमालेले जितेको छ भने काँग्रेस, जसपा र स्वतन्त्रले १/१ वडा जितेका छन् ।

एमालेले जितेका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत र एमालेकै महानगरप्रमुख पदका उम्मेदवारले पाएको मतमा धेरै अन्तर देखिन्छ । १ नम्बर वडामा एमालेले जितेको छ । वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत ल्याउँदा प्रमुखका उम्मेदवार सागर थापालाई एक हजार ६७४ मतमात्रै आएको छ ।

यस्तै वडा नम्बर २ मा पनि एमालेका कुमार पोखरेल वडाध्यक्षमा निर्वाचित भए । पोखरेलले वडाध्यक्षमा एक हजार ३१२ मत ल्याउँदा प्रमुख पदमा थापालाई एक हजार ३५ मत मात्रै गएको छ । एमालेले नै जितेको वडा नम्बर १९ का वडाध्यक्षमा श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी बन्दा प्रमुख पदमा थापालाई भने ९८८ मत पाएका छन् ।

यस्तै काँग्रेसले जितेको वडानम्बर १६ मा काँग्रेसका वडाध्यक्ष उद्धव भुजेलले ७५२ मत ल्याउँदा काँग्रेसबाटै महानगर प्रमुखका उम्मेदवार बनेका नागेश कोइरालालाई ८०८ मत परेको छ ।

वडाध्यक्षहरुले ल्याएको सबै मत जोड्दा एमालेको ५ हजार ९८० मत पुग्छ । तर, प्रमुख पदका एमाले उम्मेदवार थापाले ती वडाबाट ६६१ कम अर्थात् ५ हजार ३ सय १९ मत मात्रै पाएका छन् । काँग्रेसका वडाध्यक्षहरुले ल्याएको मत ५ हजार ३०९ हुँदा प्रमुख पदमा काँग्रेस उम्मेदवार नागेश कोइरालाले भने वडाको भन्दा एक हजार ६४२ मत बढी अर्थात् ६ हजार ९५१ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal