आज :

एमाले उम्मेदवारले विजय जुलुस निकालिरहेको बेला हारेको घोषणा भएपछि….

बर्दिया । बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नं. ४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए ।

नाउ आफ्ना समर्थक सहित विजय जुलुसमा सहभागी भइरहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सच्याउनु परेको बताए । ‘थोरै कर्मचारी रात–दिन काममा खटिंदा डाटा रुजु गर्ने बेला तलमाथि हुन पुगेछ,’ कुँवरले भने ।

आयोग कर्मचारी स्रोतका अनुसार एमाले उम्मेदवार अजमेर अलि नाउले ११३८ मत पाएका थिए । कांग्रेसका इस्राइल बेहनाले ११०० मत पाएका थिए ।

तर इस्राइलले पाएको ४६ मत जोड्न भुलेपछि अजमेर अलि नाउलाई निर्वाचित भएको घोषणा गरिएको थियो । तर पछि रुजु गर्दा इस्राइलले पाएको मत ११४६ मत भयो । त्यसपछि अजमेर निर्वाचित भएको घोषणालाई सच्याएर इस्राइल निर्वाचित भएको घोषणा गरिएको थियो ।

निर्वाचन आयोगको वेबसाइटमा भने सोमबार साँझ साढे ५ बजेसम्म पनि एमालेका अजमेर र कांग्रेसका इस्राइल दुवै वडा सदस्यहरु निर्वाचित भएको उल्लेख छ । वडा ४ मा नेपाली कांग्रेसका सरेश गौतम निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal