आज :

सबैलाई पछि पार्दै हेटौंडा उपमहानगरमा राप्रपा लिड गर्दै, यस्तो छ मतान्तर

काठमाडौँ । हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् ।

२२ हजार ८५० गणना हुँदा सिंहले ८२६५ मत प्राप्त गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।

लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन् । त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। ​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् ।

राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् । यस्तै विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ७ हजार ५९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ५ हजार ८२४मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ६ हजार ६३३ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार २३७ मत पाएका छन् ।

राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ८०७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ४८६ मत प्राप्त गरेकी छिन् ।

यता पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य अगाडि रहेका छन् । मेयरमा गठबन्धनका धनराजले ८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८८७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८२७१ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।

हालसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal