आज :

भरतपुरमा फेरी लफडा, मतगणना ठप्प, यस्तो छ कारण

काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ ।

एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना गरिएको हो ।

‘एक नम्बरको मतगणनास्थलमा एउटै पदमा सूर्य र हलो देखियो त्यो बदर भयो । तर, १ ७ नम्बरको गणना स्थलमा रुख र हँसिया हथौडामा एउटै छाप देखियो त्यहाँ भने बदर भएन’, उनले भने, ‘बदर हुने र नहुनेमा दुई पक्षबीच चर्काचर्की हुन पुग्यो ।’

यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए ।

भरतपुर मा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन् ।

उनले १८ मतको अग्रता लिएकी हुन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन्। यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।

यता ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । ९ हजार ९८० मत गणना हुँदा महर्जनले ३ हजार ६०२ मतको अग्रता लिएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २ हजार १२७ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी आस्था शाक्यले २ हजार ५५२ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ८४८ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal