आज :

यस्तो आयो काठमाडौंको ताजा मतपरिणाम, यसरी फेल खाँदै पूर्वअनुमान

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् ।

आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् । महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

वडा नं १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाएकी छन् । वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत प्राप्त गरेकी छन् ।

यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत पाएका छन् । वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २५७ मत बढी हो ।

यस्तै, वडा नं २ को अध्यक्षमा निर्वाचित राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितले भन्दा ६४९ मत बढी अर्थात् १ हजार ३७७ मत पाए । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएकी छन् ।

वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाएका छन् । उनीहरु सबैले पाएको मत जोड्दा ६७२ पुग्छ, जुन मेयरका उम्मेदवार सिंहले पाएको भन्दा २२१ ले बढी हो ।

फेल खाँदै पूर्वअनुमान
सोमबार मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान गरेको थियो । एमालेको अनुमान अनुसार वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, तर मेयरका उम्मेदवार स्थापितले त्यस अनुसार मत पाउन सकेका छैनन् ।

वडा नम्बर ५, ६ र ३१ को मतगणना सुरु हुनु भन्दा अगाडि एमालेका नेताहरुले यी तीनवटै वडाको मत गन्न थालेपछि बालेन पछाडि पर्ने तर्क गरेका थिए । तर, मतगणनाको नतिजा आउँदा एमालेको अनुमानले फेल खाएको छ ।

सोमबार साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार मतगणना भइरहेको ६ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् । वडा नं ३ मा सोमबार साँझसम्म बालेनले १२७६, स्थापितले ६७८ र सिंहले ६३० मत पाएकी छन् ।

वडा नं ४ मा बालेनले १५३९ मत ल्याएका छन् । जहाँ स्थापितको मत ७४५ र र सिंहको मत ३६३ मत छ । वडा नं ५ मा बालेनले ५९७ मत ल्याउँदा स्थापितले ३८६ र सिंहले २७१ मत प्राप्त गरेका छन् ।

वडा नं ६ को मतगणनामा पनि सुरुवातमै बालेनले अग्रता लिएका छन् । यो वडाबाट बालेनले १२४ मत ल्याउँदा स्थापितले १०० र सिंहले १०७ मत पाएका छन् ।

वडा नं ३१ मा बालेनले ७५८, स्थापितले ४५८ र सिंहले ४३१ मत पाएका छन् । वडा नं ३२ मा सुरुवात देखि नै अग्रता लिएका बालेनले एक हजार ७४० मत ल्याउँदा स्थापितले ७९९ र सिंहले ६८० मत पाएकी छन् ।

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुका अनुसार धेरै मतदाताले एक भोट वालेनलाई र बाँकी पार्टीका उम्मेदवारलाई दिने गरेको पाइएको छ । कतिपयले मेयरमा पार्टीका उम्मेदवार र वालेन दुवैलाई मत दिँदा बदर मतको संख्या पनि धेरै छ ।

राष्ट्रिय सभागृहस्थित मतगणनास्थलमा भेटिएका एमालेका एक प्रतिनिधि भन्छन्, ‘मेयरको अधिकांश बदर मत पार्टीलाई र लौरो दुबैमा छाप लगाएको वाला छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal