आज :

योगेश भट्टराईको गृहपालिकामा एमालेको लज्जास्पद हार, कसले मार्यो बाजी ?

काठमाडौँ । सबैतिर आफ्नो पार्टी जिताउन खटिएका ‘हेभिवेट’ नेताहरूमध्ये धेरैले आफ्नै वडा र पालिका जिताउन नसकेको भनेर आलोचना खेपिरहेका बेला यो अपजस भोग्ने सूचीमा एमाले नेता योगेश भट्टराई पनि थपिएका छन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको घर भएको डडेलधुराको वडामा विपी कांग्रेस, भक्तपुरमा केपी शर्मा ओलीको घर भएको वडामा कांग्रेसले जितेका थिए।

योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको गृहपालिका मैवाखोलामा गठबन्धन दलहरू एमालेमाथि हाबी हुँदा योगेशकै घर भएको वडा पनि कांग्रेसले जितेको छ। अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा गठबन्धनले जित्दा योगेशको दल एमाले एउटा वडामा सिमित भएको छ।

२०७४ मा एमालेले अध्यक्ष-उपाध्यक्षसहित ६ वटै वडा जितेको थियो। अघिल्लो पटक वडा नम्बर ४ को दलित महिला सदस्यबाहेक सबै पद जितेको एमालेले यसपटक एउटा वडामा चित्त बुझाउनु परेको छ।

मैवाखोलाका एमाले कार्यकर्ता अलोकप्रियलाई टिकट दिँदाको परिणाम भएको बताउँछन्। ‘बहालवाला अध्यक्षले राम्रो काम नगरे पनि योगेश दाइले टिकट दिनुभयो’, ती कार्यकर्ताले भने ‘परिणाम यस्तो आयो।’

स्थानीय चुनावभन्दा धेरै अघिदेखि नै ताप्लेजुङमा केन्द्रीत भएका एमाले सचिव भट्टराई गृहपालिकामा पनि केन्द्रीत थिए। तर, उनको खटाइले गठबन्धनको घेरा चिर्न सकेन।

मूल थातथलो ताप्लेजुङ भए पनि विद्यार्थी राजनीति गर्दा देखि नै काठमाडौंलाई कार्य क्षेत्र बनाएका भट्टराई संविधान सभाको दुइटा चुनाव हारेपछि २०७४ मा ताप्लेजुङ आएर संसदमा चुनिएका थिए।

कुनैबेला अध्यक्ष केपी शर्मा ओली विरोधी खेमामा रहेका उनी पार्टी विभाजनताका माधव नेपालको साथ छाडेर एमालेमै रहेका थिए। मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन्।

वनेमले २६०९ मत प्राप्त गरि विजयी बन्दा नेकपा एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू विजयी भएकी छिन्।

वडाध्यक्षमा १ मा माओवादीका चन्द्रकुमार तामाङ, २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र लिम्बू, ३ मा कांग्रेसका खगेन्द्र थक्लुङ, ४ मा कांग्रेसका फुर्बा शेर्पा, ५ मा माओवादीका केशर लिम्बू र ६ मा एमालेका राजुमान लिम्बू निर्वाचित भएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal