आज :

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादीका प्रेम लामा विजयी

  • अनलाइन डबली

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी भएका छन् ।

अध्यक्षमा मावादीका लामाले १४६६ मत ल्याए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा कांग्रेसका लामाले १०९४ मत ल्याए, उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ५६५ मत ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत ल्याए ।

यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् । ६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै हुम्लाकै सर्केगाड, ८ रादेउमा नेकपा(मओवादी केन्द्र)का रंगमल रोकाया अध्यक्षमा विजयी भएका छन् । खुला सदस्यमा धनबहादुर ऐडी र लालधन ऐडी विजयी भएका छन् ।

महिला सदस्यमा प्रमिला रोकाया विजयी भएका छन् । नेकपा माओवादी समजवादीकी हस्ता वि. क. भने दलिल महिला सदस्यमा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal