आज :

कांग्रेस-एमाले गठबन्धनलाई पाखा लगाउदै सिस्नेमा माओवादी विजयी

रुकुम पूर्व । सिस्ने गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मी निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित माओवादीका रेग्मीले कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई ७९ मतले पराजित गरेका हुन् । रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याए भने बस्नेतका पक्षमा ३ हजार ७ सय मत आएको थियो ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार गोपाल रेउले निर्वाचित भएका छन् । माओवादी केन्द्रकी आस्था विकलाई हराउँदै रेउलेले जित निकालेका हुन् । रेउलेको ३ हजार ७ सय ६१ मत आयो भने विकले ३ हजार ४ सय ७४ मत मात्रै प्राप्त गरिन् ।

गाउँपालिकामा ४ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ । यो गाउँपालिकामा २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

यस्तै रोल्पा नगरपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नगरपालिकाको प्रमुखमा सुरेन्द्र थापा घर्तीमगर र उप प्रमुखमा गीता आचार्य विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर प्रमुख घर्तीमगरले ७ हजार ६ सय ३ मत पाए भने उप प्रमुख आचार्यले ७ हजार ७ सय ४१ मत पाएकी हुन् ।

उनीहरुका प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ र पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ मत पाएका हुन् । रोल्पाको एक मात्रै नगरपालिकामा अघिल्लो पटक पनि माओवादी केन्द्रका उम्मेदवारहरु नगर प्रमुखमा पूर्ण केसी र उप प्रमुखमा मनकुमारी पुनले विजय हासिल गरेका थिए ।

नगरमा १९ हजार ४ सय ९८ मतदाता रहेकामा १२ हजार ८ सय ७५ अर्थात् ६६ दशमलव ३ प्रतिशत मतदान भएको थियो । नगरको प्रमुख र उप प्रमुखमा स्वतन्त्र र अन्य दलका गरी ५/५ जना चुनावी मैदानमा थिए । अघिल्लो पटकको तुलनामा कांग्रेसले थोरै मत पाएको छ । तेस्रो स्थानमा रहेको एमालेले भने केही मत वृद्धि गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal