आज :

यस्तो सहमति जुटेपछि भरतपुर विवाद मिल्यो, मतगणना पुनः सुरु

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए ।

यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो । करिब १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको छ ।

यसैबीच देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन् ।

हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये दुई वटामा नेपाली काँग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।  पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।

उनले हालसम्म १ हजार १२१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

उनले हालसम्म १ हजार ७२७ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६४७ मत प्राप्त गरेका छन् । विराटनगर महानगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।

उनले हालसम्म २ हजार ५८३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६१५ मत ल्याएका छन् । वीरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् ।

उनले हालसम्म १ हजार ८१० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् । प्रारम्भिक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal